राहदानी बनाउने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चाबहिल बस्ने २८ वर्षका श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु २ घर भई चाबहिल बस्दै आएका वर्ष २२ का राम पौडेल र गोकर्णेश्वर २ सुन्दरीजल घर भई चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ का विवेक गुरुङ रहेका छन् ।
उनीहरूले विभागमा आएका सेवाग्राहीलाई तत्कालै राहदानी बनाइदिने भनी विश्वासमा पारेर नगद रकम लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरूले विभिन्न कीर्ते कागजात बनाएर अनलाइन फारम भरिदिने गरेको प्रहरी अनुसन्धानबाट देखाएको छ ।
प्रहरीले उनीहरूले अनलाइन फारम भर्ने प्रयोग गरेका विभिन्न उपकरणसमेत नियन्त्रणमा लिएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया