काठमाडौँमै महिलाको हात खुट्टा बाँधेर चोरी, पाँच जना पक्राउ
काठमाडौँ । चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हात खुट्टा बाँधेर नगद तथा सामान चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
चाबहिल ७ सरस्वती नगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ ।
लिम्बुलाई हात खुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुलीसहित नगद चोरी गरेकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।
पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वती नगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया