जनार्दन शर्मा पुन : अर्थमन्त्री बन्दै, आजै दिउँसो सपथ लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
शर्माले शनिवार आफ्नो सचिवालका सदस्यहरुसँगको छलफलमा आफु अहिले फेरि अर्थ मन्त्रालय नजाने मुडमा रहेको बताएका थिए । तर आज बिहान बालुवाटारमा भएको प्रचण्ड र देउवाबीचको भेटघाटमा शर्मालाई नै अर्थमन्त्री बनाउँने निर्णय भएको स्रोत बताउँछ । उक्त निर्णयका विषयमा आज दिउँसो बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल हुने छ ।
संघिय चुनावपछिको सरकारमा जाने तर अहिले पार्टीकै अन्य कुनै नेतालाई पठाउँन सिफारिस गर्ने तयारीमा शर्मा थिए । तर प्रधानमन्त्री र प्रचण्ड बीच आज बिहान भएको छलफलमा शर्मालाई नै मन्त्री बनाउँने र अर्थमन्त्रीको शपथ खुवाउँने विषयमा सहमति भएको हो ।
यता,प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्। प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयलाई सपथका लागि तयारी गर्न भनिसकेका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।
सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिले अन्य अनधिकृत व्यक्ति संलग्नन भएको जनाएको थियो ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया