महिला साफ च्यासललाई अभ्यास मैदान बनाउने

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो ।
यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन ।
यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ । महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदै छ । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले शनिबार समूह विभाजन गरेको समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन् ।
यस्तै, समूह ुएु मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ ।
साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया