जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त
२५ दिनपछि पुन: अर्थमन्त्रालयमै फर्किए माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।
उनको सपथ आजै साँझ ५ बजे हुनेछ । गत असार २२ गते उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वंयमले सम्हाल्दै आएका थिए ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति विधादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेकी छन्।
बजेट भाषणको अघिल्लो रात (गत जेठ १४ गते) अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लगेर राजस्वका दर हेरफेर गरेको उनीमाथी प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाएर संसदमा निरन्तर राजीनामा मागेपछि उनले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
संसदले बनाएको छानबिन समितिले शर्मालाई क्लिन चिट दिएपछि फेरि माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा प्रधानमन्त्री देउवाले उनैलाई अर्थमन्त्री बनाउन राष्टपति कार्यालयमा सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।
















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया