टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु
मेरोन्यूज
२०७९ साउन १५ गते १७:३४
काठमाडौँ । जिल्लाको टोखा नगरपालिका ३ ग्राण्डी अस्पतालपछाडि भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बागमती प्रदेश ०२–०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाडौँको तारकेश्वर नगरपालिका ९ बस्ने १९ वर्षीया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षीय समीर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया