जनार्दनमाथि लक्षित गर्दै ओलीले भने : आजकालको जमानामा कल डिटेल हुन्छ, तर हेर्न नपाइने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदले समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे । साउन १५ (खिर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर ल्याउने भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब गरिएको दाबी गरे ।
‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब, आजकालको जमानामा कल डिटेल हुन्छ, तर हेर्न नपाइने, कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा,’ उनले भने, ‘अब ऊ बेला त न कल डिटेल, न फुटेज, न मोबाइल, न क्यामेरा, न फोटो, ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा तुलसी राखेर कसम खाने चलन थियो ।’
यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौंथाईवालालाई जनै पूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा राजनीति भएको बताए । ‘थाहा पाउनु भयो होला इन्टरनेशनल राखी पनि सुरु भइसक्यो, राखीमा राजनीति पनि भइसक्यो, जेहोस् राखीले दाजुभाइ दिदीबहिनीको सम्बन्ध, दशैंले सम्पूर्ण नातागोताको सम्बन्ध । छठ जस्ता चाँडहरु, तीजजस्ता चाँडहरु, गौराजस्ता पर्वहरु यस्ता पर्वहरुले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउछ फेरि,’ उनले भने ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया