शनिबार, फागुन ३०, २०८२

भारतमा पढ्न जाने विद्यार्थीका लागि एड्मिसन विक हुँदै

मेरोन्यूज २०७९ साउन १५ गते १९:०५

काठमाडौँ । भारतमा पढ्न जाने विद्यार्थीका लागि सहजकर्ताको भूमिका निभाउँदै आएको जे आर एजुकेसन ग्रुपले अगस्ट १ देखि अगस्ट ७ तारिख सम्म (श्रावण १६ देखि २२ गतेसम्म) स्ट्डी इन इण्डिया एड्मिसन विक आयोजना गर्ने भएको छ । सन् २०१६ मा स्थापना भएको यस ग्रुपले नेपाली विद्यार्थीलाई भारतमा पढ्नका लागि सहयोग गर्ने उद्देश्यले काठमाडौँको माइतीघरमा विक आयोजना गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यस अवसरमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, शुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भीभी आईटी, भाइ गुरुदास ग्रुप अफ इष्टिच्यूसन्, सीटी युनिभर्सिटीलगायतका शैक्षिक संस्थाले एड्मिसन विकमा भाग लिनेछन् ।

यस क्रममा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल, हस्पिटालिटी, नर्सिङलगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग कुराकानी गर्न पाउने छन् ।

एड्मीसन विकमा भाग लिने विद्यार्थीले आकर्षक गिफ्ट प्राप्त गर्ने छन् । यस्तै, विश्वविद्यालयका टिमबाट एकेडेमिक सर्टिफिकेटका आधारमा इन्स्टिच्युसनल छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया