२५ दिनपछि पुनः अर्थमन्त्रीमा पदभार, देशको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएको २५ दिनपछि पुनः अर्थमन्त्रीको पदभार ग्रहण गरेका जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपालको अर्थ व्यवस्था सुदृढ गरी आत्मनिर्भर हुने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।
‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ, हामीले नयाँ बजेट तयार गरेका थियौँ, त्यो पारित भएर कार्यान्वयनको चरणमा छ, त्यसको मूल उद्देश्य सिद्धान्त आयात प्रस्थापन गर्नु, उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्रा सञ्चित गर्नु तीन वटा मूलभूत उद्देश्यमा केन्द्रित भएर बनाएका हौँ,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गरी नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरी आत्मनिर्भर बनाउन प्रतिबद्धता दोहोर्याउन चाहन्छु ।’
उनले आफूलाई पुनः अर्थमन्त्री बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत धन्यवाद दिए । उनले सबैसँग मिलेर काम गर्न चाहेको बताए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया