गण्डकीमा खानेपानी तथा सरसफाइ विधेयक पारित
काठमाडौँ । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले प्रदेशमा खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताए । विधेयकमाथिको दफाबार छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले खानेपानी र सरसफाइ मानव जीवनका लागि महत्वपूर्ण हुने बताउँदै समृद्ध प्रदेशका स्वस्थ नागरिकका लागि खानेपानी तथा सरसफाइ अपरिहार्य हुने बताए ।
अर्का सदस्य ललितकला गुरुङले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वच्छ पिउने पानीको विषय अत्यन्त महत्वपूर्ण भए पनि विधेयक ढिला आएको बताएका थिए । विधायन समितिमा यसलाई मसिनोसँग छलफल गरेको उनले बताए । जनतालाई स्वच्छ पानी पु¥याउनु सरकारको दायित्व भएको बताउँदै उहाँले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।
दिलमाया रोका मगर गौतमले गण्डकी प्रदेशसभाको पाँच वर्षमा विधेयक आउन लागेको बताउँदै यो विधेयक आफैँमा महत्वपूर्ण रहेको बताएकी थिइन् । बैठकको शून्य तथा विशेष समयमा सदस्यहरू प्रकाशचन्द्र दवाडी, मीनप्रसाद गुरुङ, जुनादेवी नेपाली, इन्द्रलाल सापकोटाले बाढी पहिराको प्रभाव एवम् समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया