म्याग्दी र काली गण्डकीमा बढ्यो पानीको सतह

काठमाडौँ । आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ ।
पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए ।
बाबियाचौर आसपासको तटीय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुनसमेत अपिल गरिएको छ । त्यस्तै मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । जिल्ला विपद् व्यवस्थापन समिति यस अगाडि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्नेगरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने बताए पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।
नदीको तटीय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले म्याग्दी र धवलागिरि गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको थियो ।

















Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया