नौ महिनासम्म रोकिएको खाद्यान्न हुम्लाको लिमि पुग्यो

हुम्ला । चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्ततस् नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ ।
चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका खाद्यान्न नारा लेकमा नौ महिना अघि नै पुगेको भए पनि बाटोका कारण रोकिएको र हाल न्यालुुको सडक मर्मत गरिएपछि भने गाडीमार्फत सो खाद्यन्नलाई लिमी पुर्याइएको हो ।
नाम्खा–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार गत मङ्सिर महिनाबाट उक्त खाधान्न हिल्सामा नै रोकिएको थियो, जसलाई बाटो नभएका कारण हिल्सामा नै गोदाम बनाएर भण्डारण गर्नू परेको थियो । वाटो मर्मत भएलगत्तै गाडीमार्फत १ हजार १ सय बोरा खाद्यान्न भने हिल्साबाट सल्ली, न्यालुु हुँदै लिमीमा पुगिसकेको छ । यसरी पुगेको सो उक्त खाद्यान्न लिमीका २ सय १२ घरधुरीलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गत मंशिरमा नै आएको तर हिमपातका कारण हिल्सा रोकिएको भएपनि त्यस मध्येका केही मात्राको खाद्यान्न भने यसअघि नै हेलिकोप्टरबाट ढुवानी गरेर आपूर्ति गरिएको थियो । बाटो मर्मत भए लगत्तै अब भने यसरी अनुदानमा आएका सबै खाद्यान्न लिमि पुर्याईनेछ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया