आइतबार, माघ ४, २०८२

आज पनि अर्थ मन्त्रालय आएनन् अर्थ सचिव मरासिनी

मेरोन्यूज २०७९ साउन १६ गते १३:०३

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार अर्थ मन्त्रालय हाजीर भएका छैनन् ।
आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेका उनले केही खुलाएका छैनन् । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्रीले राजीनामा दिने दिन असार २३ गते मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि विदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए ।
आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित रहे ।
मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला सचिव मरासिनीको विदाबारे औपचारिक जानकारी मन्त्रालयमा नहुने बताउँछन् ।.

प्रतिक्रिया