आज पनि अर्थ मन्त्रालय आएनन् अर्थ सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार अर्थ मन्त्रालय हाजीर भएका छैनन् ।
आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेका उनले केही खुलाएका छैनन् । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्रीले राजीनामा दिने दिन असार २३ गते मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि विदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए ।
आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित रहे ।
मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला सचिव मरासिनीको विदाबारे औपचारिक जानकारी मन्त्रालयमा नहुने बताउँछन् ।.















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया