मंकीपक्सबाट भारतमा युवकको मृत्यु
मेरोन्यूज
२०७९ साउन १६ गते २०:१६
काठमाडौँ । दुई दिनपहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स (युएई)बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो ।
उनको मृत्युपछि परीक्षण गरिएको नमुनामा भाइरस भेटिएको केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले पुष्टि गरेका हुन् । मंकीपक्स संक्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई ‘उच्च जोखिम’को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ ।
केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट जाँच गर्न उच्च स्तरीय समिति गठन गरेको जनाएको छ ।
विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना मंकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो ।
सम्बन्धित
















कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया