प्रधानमन्त्रीले सपथ लिँदा हास्य व्यंग्य बन्यो : सांसद महत
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सत्ता र विपक्षमा रहँदा एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।
उनले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई मान्य र लागू हुने गरेर शपथ ग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताएका हुन् । उनले ओलीले शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नु पर्ने बताए ।
उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकाले हास्य व्यंग्यको पात्र नबन्ने गरी विधेयक ल्याउन आग्रह गरेका हुन् । उनले भने, ‘हाम्रो सम्मानित प्रधानमन्त्रीले योभन्दा अघि शपथ खाने बेला ठूलो हास्य व्यंग्य बन्यो, हामीले अब के गर्नु पर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ, शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ, जनता भन्ने पनि यहीँ लेखौँ, ईश्वर भन्ने भएपनि यही लेखौँ, महामहिम राष्ट्रपतिले एउटा भन्नु हुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ, त्यो यहीँ पास गरौँ नत्र हामी हास्य व्यंग्य जस्तो हुन्छौँ ।’
सांसद महतले आफू हास्य व्यंग्यको पात्र नबन्ने गरेर संसदबाट एउटै शब्दावली उच्चारण हुने शपथ ग्रहणसम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया