आइतबार, माघ ४, २०८२

बैंक अफ काठमाण्डूले जित्यो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापत मुद्दा

मेरोन्यूज २०७९ साउन १७ गते १९:२३

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सनविरुद्ध बैंक अफ काठमाण्डूले मुद्दा जितेको छ । बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंकले उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा जितेको हो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापत खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको ६६ लाख २५ हजार १० अमेरिकन डलर र १४ लाख ११ हजार ४५३ युरोबापतको रकम बैंक अफ काठमाण्डूले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

प्रतिक्रिया