साफ यू-२० बाट बाहिरियो नेपाल, माल्दिभ्ससँग भारत १-० गाेलले विजयी

काठमाडौँ । भारतमा जारी साफ यू-२० च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । नेपालले बंगलादेशविरुद्ध १-१ गोलको बराबरी खेले पनि फाइन पुग्ने सम्भावना कायम थियो ।
नेपाल फाइनल पुग्न माल्दिभ्ससँग भारत पराजित हुनु पर्ने थियो । तर, खेलमा भारत १-० ले विजयी भएसँगै नेपाल बाहिरिएको हो ।
खेलको अन्तिम ८९ औँ मिनेटमा भारतका गुर्किरत सिंहले गोल गरेका थिए । योसँगै भारतले बंगलादेशसँग फाइनल खेल्ने भएको छ ।
आजै भएको खेलमा नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा सानदार गोल गरेका थिए । सब्स्टिच्युट खेलाडीका रुपमा उनी मैदानमा गएका थिए । बंगलादेशका लागि अहमेद नोभाले खेलको ६३ औँ मिनेटमा गोल गरेका थिए ।
नेपालसँग बराबरी खेलेको बंगलादेश चार खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै बाहिरिएको हो ।
यसअघि नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तर र श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा भारतसँग ८-० गोलले पराजित भएको थियो ।
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया