सप्तकोसीमा पानीको बहाव बढेपछि सतर्क हुन आग्रह

काठमाडौँ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका बस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रम गरिएको हो । सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोसी ब्यारेज भएर दुई लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सुरक्षाकर्मीले जानकारी दिएका छन् । कोसी बरेजका ३२ वटा ढोका खोलिएको छ ।
पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले बताएका छन् ।
पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवास्थित स्परमा कटान हुने थालेको वडाध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए ।
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया