सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, चुनावकाे मिति घोषणा गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धन को बैठक बालुवाटार मा सुरु भएको छ । चुनावकाे मितिकाे घोषणा तयारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन ।
बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल गर्ने एजेन्डा छ । प्रधानमन्त्री देउवा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आमनिर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा छन् ।
चुनावको मिति तोक्न सत्तारुढ गठबन्धनका दलसँग सहमति खोज्नकै लागि प्रधानमन्त्री देउवाले बुधबारका लागि बैठक बोलाएका हुन् । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंसिरमा नभई फागुनमा चुनाव गराउन पक्षमा छन् । सोही कारण अहिले नै चुनावको मिति नतोक्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको बालुवाटार स्रोतले बतायो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया