४ मसिरमा संसदीय चुनाव गर्न सत्ता गठबन्धनमा सहमति
बिहीबार मन्त्रीपरिषद बैठक बसेर चुनाब घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले ४ मसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब गर्ने गरि चुनाबको मिति घोषणा गर्न सहमति जुटाएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दल काङ्ग्रेस , माओवादी केन्द्र जनता समाजबादी , एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको नेताहरुको बैठकले २०७९ मंसिर ४ गते संसदीय चुनाव गर्ने गरि सहमति जुटाएको हो ।
गठबन्धन दलको बैठकमा भएको सहमति आनुसार अब सरकारले भोलि बस्ने मन्त्रीपरिषदको वैठकबाट चुनाबको मिति घोषण गर्ने तयारी रहेको बैठकमा सहभागी एक नेताले बताए ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा चुनाव घोषणा गर्ने तयारीमा छन् ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले चुनाब मिति घोषणा गर्ने प्राबधान छ ।
बैठकमा चुनाव मिति घोषणा भएपनि अहिलेको प्रतिनिधि सभाको कार्यकाल भने चुनाबै सम्म कायम रहने विषयमा पनि दलहरुको सहमति छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया