ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु

चितवन । चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।्
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीया रमिता तामाङको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान सुशील कुँवरले चलाएको स्कूटरमा सवार रमिताको मृत्यु भएको र उनका श्रीमानको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया