काठमाडौंमा चिनियाँ नागरिक अपहरित, एक करोड फिरौती माग
मेरोन्यूज
२०७९ साउन १९ गते १२:३८

काठमाडौं । काठमाडौंमा रहेका एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । काठमाडौंबाट ती चिनियाँ नागरिक बुधबार साँझ अपहरित भएका छन् । अपहरणकारीले एक करोड फिरौती माग गदै चिनियाँ नागरिकलाई अपहरण गरेको खुलेको छ ।
अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरिसकेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार, चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुका बारेमा प्रहरीले थप केही बताएको छैन । यधपी पक्राउ पर्ने सबै नेपाली हुन् । उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले म्याद थपको तयारी थालेको छ । म्याद थप गरिसकेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
सम्बन्धित















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया