आजको मौसम तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू(भागहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया