उपेन्द्र यादवविरुद्ध सिके राउत चुनाव लड्ने

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।
सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । यो प्रतिनिधि सभाबाट अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएका थिए । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
बिहीबार जनकपुरधाममा जनमतको पार्टीको बैठकले अध्यक्ष राउतलाई सप्तरी(२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए ।
यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी (लोसपा), जसपा र कांग्रेस एकरएक पालिकामा निर्वाचित भएका छन् । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया