बुधबार, वैशाख २३, २०८३

निर्लज्ज शासक, निर्लज्ज प्रशासक अहिले छन् : ओली

एमालेले हार्दा देशै हार्छ, मेहनत गरौं एमालेको बहुमत आउँछ

मेरोन्यूज २०७९ साउन २० गते १३:३९
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले आगामी चुनाव हारेमा देशले नै हार्ने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको रणनीतिक कार्यशाला गोष्ठिमा बोल्दै ओलीले एमालेले जसरी पनि चुनाव जित्र्ने पर्ने बताएका हुन् । उनले एमालेले हारेपनि ५ वर्ष प्रतिपक्षमा बस्न कुनै ठूलो कुरा नभएपनि देशले हार्ने भएकाले पनि एमालेले जित्र्ने पर्ने बताए ।

Advertisement
NiccNicc

अहिलेका गठबन्धनका दलहरुको कुनै उदेश्य नै नरहेको भन्दै उनले एमाले बाहेक अर्काेसँग अहिले देश बनाउने योजना नै नभएको बताए । मोहनविक्रम सिंहको प्यूठान, प्रचण्डको छोरी, शेरवहादुर देउवाको म्याडम साइवा (श्रीमति) बाहेक अर्काे कुनै योजना नै नरहेको ओलीले बताए । माधव नेपाललाइ त रातभर छटपटी मात्रै रहेको भन्दै ओलीले उनको नाम नै किन लिनु परयो र ? भन्दै प्रश्न गरेका थिए ।

उनले कांग्रेस बन्चरो भएको र बन्चरोको विड भने कांग्रेससँग अहिले मिलिरहेको कम्युनिष्टहरु रहेको बताए । तर विड अहिले सुकिसकेको ओलीको भनाई थियो । ‘कांग्रेस वन्चरो हो, विड कम्युनिष्ट हुन् । यी सुकेका काठ हुन् । यिनैको विड छ,’ ओलीले भने ।

राज्यका सवै अंगहरु ध्वस्त भएको भन्दै ओलीले महान्यायाधीवक्ता मान्छे मार्नेहरुलाइ समेत छुटकारा दिनुपर्ने गरी मात्रै लागिपरेको बताए । ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने पनि बताएका छन् ।

आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए ।

ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

ओलीले प्रधानन्यायधीसमाथीको महाअभियोगलाई खेलौनाको विषय बनाइएको बताए । उनले खेलौना हो र ? महाअभियोग भन्दै उनले ६ महिनादेखि प्रस्ताव दर्ता छ , छलफल हुादैन यो कस्तो पारा हो भन्दै प्रश्न समेत गरे ।

निर्लज्ज शासक, निर्लज्ज प्रशासक सम्मको अवस्थामा अहिले देश रहेको पनि ओलीको भनाई छ ।

प्रतिक्रिया