उदयपुरमा बेरुजुको अवस्थाः कटारीमा सबैभन्दा बढी, उदयपुरगढीमा घट्यो

उदयपुर । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ । प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७७र०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ ।
कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाँङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६र०७७ भन्दा झन बेरुजु बढेर आएको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ८५ करोड २७ लाख ७४ हजारमध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५।१६ प्रतिशत पुगेको छ । यसअघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो ।
त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ६२ लाख १६ हजारमध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २।८२ प्रतिशत देखिएको छ । यसअघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्व ८१ करोड ३१ लाख ३३ हजारमध्ये २।१८ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोेड ९६ लाख ३८ हजार बेरुजु थियो । लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकममध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४।२९ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।
बेलका नगरपालिकासहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यसअघि ४ करोड १ लाख ७९ हजार अर्थात २।७९ प्रतिशत बेरुजु घटेर १।९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्ब ५६ करोड ३९ लाख २१ हजारमध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।
ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजारमध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्व १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।
उदयपुरगढी गाउँपालिकामा १ अर्ब २१ करोड ८८ लाख ६ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०।३८ प्रतिशत रहेको छ । यसअघि ९८ लाख ४ हजार अर्थात ०।८३ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया