माओवादी अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड जापान भ्रमणमा निस्केका छन् । उनी गएराती साँढे १० बजे जापान प्रस्थान गरेका थिए ।
उनको यो भ्रमण साउन २१ देखि २५ गतेसम्मको लागि हो । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् ।
नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमार्फत जापानका लागि प्रस्थान गरेका प्रचण्डले आज अगस्ट ६ मा जापानको Fukuoka मा आयोजना हुने नेपाल फेष्टिबल सेरोमोनीको समुदघाटन गर्ने उनको सचिवालयले जनाएको छ ।
आज अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ। भोलि अगस्ट ७ मा प्रचण्डले हिरोसिमा भ्रमण गर्नेछन् । सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा त्यपथय मा हुने नेपाली समुदायहरुबिच ‘समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
जापानमा रहदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया