मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ ।
मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले
हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ ।
प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ ।
प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवाबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सर्तकता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ ।
अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।

























मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया