लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो।
बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।
राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने -बादरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।
बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ, अध्यक्ष अधिकारीले भने, -यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।
वडामा १४-१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ। अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित थिए ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया