अफ्रिकन स्वाइन फिवरबाट पनौतीको बङ्गुरमा व्यापक क्षति

बनेपा । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छसय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पु¥याएको हो ।
शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको रु दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो ।
विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । ‘रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन हाम्रो टोलीले निसङ्क्रमणका विधि अपनाइरहेको छ’ उनले भने ।
शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ ।
पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो ।
गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ ।
विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलो पटक पुष्टि भएको हो । ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेका थिए ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
प्रतिक्रिया