बुधबार, वैशाख २३, २०८३

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन छलफल भईरहेको छ : प्रचण्ड

मेरोन्यूज २०७९ साउन २१ गते १३:४५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।

Advertisement
NiccNicc

जापान भ्रमणमा रहेका उनले शनिबार नेपाल फेष्टिबल कार्यक्रममा बोल्दै भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’

उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ प्रचण्डको भनाई थियो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए ।

प्रतिक्रिया