प्रचण्ड र माधव एमाले पार्टी ढाल्न काँग्रेसको बिँड बनेको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् ।
दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकीर समेत गरे ।
अध्यक्ष ओलीले भने, ‘संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसीरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाँल्न थालेछन एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ । अव ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही विचमै भयो भने त ध्वस्त भईहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पु¥याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन । काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन । के–के नामका छन ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दैसक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई काँग्रेसको बिड नभई आफ्नो पार्टी आउन आग्रह गर्दछु । काँग्रेसको बिँड भएर कम्युनिष्ट आन्दोलनलाई ढाल्दैजाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस । बामपन्थी आन्दोलन सफल पारौं ।’
ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहो¥याए । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराए ।
अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनले जिकीर थियो । ओलीले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क समेत गरे ।
उनले भने, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यक्ता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अव एउटा पत्रकार नचाहिने नचाहिने काम ग¥यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ । ’
त्यस अवसरमा ओलीले न्यायको आधारमा विश्व सम्बन्ध कायम हुनुपर्ने स्पष्ट पारे ।
















मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया