बाबुराम नेतृत्वको नेसपाले तोक्यो सातै प्रदेशको इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नोसपा)ले सातै प्रदेशको इन्चार्ज तोकेको हो । शनिवार बसेको केन्द्रीय समितिको पुर्व वैठकले सातै प्रदेशको इन्चार्ज तोकेको हो । ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको हो ।
बैठकले अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई निर्वाचित गरेको छ । त्यस्तै सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित गरेको हो ।
कुन प्रदेशमा को ?
- १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती,
- मधेस प्रदेशमा देवेन्द्र यादव,
- वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ,
- गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली,
- लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल,
- कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी,
- सुदूरपश्चिम प्रदेशमा जनक शाह,
- गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल
- प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ
प्रेस वक्तव्य
नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक विभिन्न राजनीतिक, सांगठनिकलगायतका महत्वपूर्ण निर्णयहरू गर्दै उत्साहपूर्ण रूपमा ललितपुरमा सम्पन्न भएको छ । एक दिवसीय बैठकले गरेका महत्वपूर्ण निर्णयहरू जानकारीका लागि यस प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
बैठकले अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई निर्वाचित गरेको छ । त्यस्तै सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित गरेको छ ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।
बैठकले आगामी मङ्सीर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ ।
बाबुराम भट्टराई
अध्यक्ष, नेपाल समाजवादी पार्टी
२१ साउन २०७९
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया