यस्तो छ एउटा विडम्बना !

नेपालका कम्युनिस्ट पार्टी र तिनका मुख्य नेताहरु नै के भए यस्ता रु एकथरी वामपन्थी र राष्ट्रवादी हौं भन्ने कम्युनिस्टहरु वामपन्थी र राष्ट्रप्रेमीसम्म पनि हुन सकेनन्, बरु दक्षिणपन्थीमा पनि महादक्षिणपन्थी, चरम दक्षिणपन्थी, उग्र दक्षिणपन्थी र कट्टर दक्षिणपन्थी नै भए । यसरी नै उनीहरु राष्ट्रवादी त के दलालहरु भन्दा पनि महा दलाल, चरम दलाल, उग्र दलाल र कट्टर दलाल भएर महा राष्ट्रघाती, चरम राष्ट्रघाती र कट्टर राष्ट्रघाती नै भए । उनीहरु यस्तासम्म दक्षिणपन्थी र दलाल भए कि उनीहरु खाँटी दक्षिणपन्थी र खाँटी दलाल अर्थात् जन्मजात दक्षिणपन्थी र जन्मजात दलालहरुलाई पनि पछाडि पारेर अगाडि जान थाले वा गए नै भने पनि अत्युक्ति नहुने भएको छ !
अर्काथरी क्रान्तिकारी र देसभक्त हौं भन्ने कम्युनिस्ट पार्टी र तिनका नेताहरु पनि भन्नलाई, लेख्नलाई, रेकर्ड गर्नलाई, भाषण गर्नलाई, प्रशिक्षण दिनलाई र दस्तावेजीकरण गरेर अफ्नो क्रान्तिकारी इतिहास देखाउनलाई लेखाउनको लागि त क्रान्तिकारीकै हैसियत बनाउन सफल भएकाछ्न् तर उनीहरु आफ्नो सोंचमा, शैलीमा, संस्कारमा, संस्कृतिमा र काम-व्यवहारमा क्रान्तिकारी हुनु त परै जाओस्, सुधारवादी सम्म पनि हुन सकेका छैनन् ! उनीहरु मुखले त अंशमा भन्दा समग्रमा, मात्रात्मकमा भन्दा गुणात्मकमा र शान्तिपूर्णमा भन्दा सशस्त्रमा, वैधानिकमाभन्दा अवैधानिकमा अनि सहरियामाभन्दा ग्रामीणमा, खुलामाभन्दा भूमिगतमा, जातिमाभन्दा वर्गमा, एकलमा भन्दा संयुक्तमा, फुटमा भन्दा एकतामा र शक्तिमा भन्दा सत्यमा जोड दिनेजस्ता सच्चा मालेमावादी क्रान्तिकारी कुरा त खुब गर्छन् तर काम भने ठिक उल्टो गर्छन् !
स्पष्ट भन्नुपर्दा यिनीहरुले दर्शन र सिद्धान्तका उक्त कुराहरु पार्टी र क्रान्तिको जीवन(व्यवहारमा लागू गर्दा-गराउँदा जहिले पनि जहाँ पनि र जसरी पनि समग्रलाई होइन अंशलाई, गुणलाई होइन मात्रालाई, सशस्त्रलाई होइन शान्तिपूर्णलाई, अवैधानिकलाई होइन वैधानिकलाई, ग्रामीणलाई होइन शहरियालाई, भूमिगतलाई होइन खुलालाई, वर्गलाई होइन जातिलाई, संयुक्तलाई होइन एकललाई, एकतालाई होइन फुटलाई, सत्यलाई होइन शक्तिलाई र देसलाई होइन पार्टी (गुट) लाई बढी जोड दिन्छन् । तथापि हामी यिनैलाई क्रान्तिकारी र देसभक्त भन्न, मान्न र यिन्कै आस गर्न बाध्य छौं ! तर विडम्बना यो भएको छ कि यिन्को आस गर्दागर्दै जनताको सास जान र देसको सत्यानास हुन थालिसक्यो तर पनि यिनमा कुनै होश छैन, जोश छैन र त्रास पनि छैन !
तैपनि कामना गरौं स् यिनको सिद्धान्त अनुसारको व्यवहार होस्, विचार अनुसारको आचार बनोस्, राजनीति अनुसारको संस्कृति होस्, नीति अनुसारको नैतिकता होस्, शब्द अनुसारको कर्म होस्, वकितम र लिखितम अनुसारको करितम होस् अर्थात् भनाइ अनुसारको गराइ होस् ! अनि देस र जनताको मुक्ति र प्रगति होस् !!

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया