सिंहदरबारभित्र कर्मचारीको ‘पेन डाउन’

काठमाडौं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
‘सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारीमा भेला भएका छौं । अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’
मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया