शनिबार, फागुन २, २०८२

संवैधानिक परिषद्मा सात सदस्यीयको व्यवस्था गर्न बेल्बासेको माग

मेरोन्यूज २०७९ साउन २३ गते १४:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । ‘संवैधानिक परिषदमा संविधाननै संशोधन गरेर भए पनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु,’ उनले भनिन् ।

Advertisement
nepal life insurencenepal life insurence

सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्षसमेत सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन् । संवैधानिक परिषद्सम्बन्धि विधेयकसभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा व्यवस्था गर्न सबै सांसदहरूको ध्यानाकर्षणसमेत गराए ।

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन सात सदस्यीय बनाउन उपयुक्त हुने दाबी गरिन् ।

प्रतिक्रिया