सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

काठमाडौँ । सानिमा बंैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिँदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।
उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रति महिना दुई हजार गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजारसम्मका छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने छ ।
सानिमा बंैकको देशका सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया