आइतबार, माघ ४, २०८२

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

मेरोन्यूज २०७९ साउन २३ गते १६:३९

काठमाडौँ । सानिमा बंैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिँदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।

उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रति महिना दुई हजार गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजारसम्मका छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने छ ।

सानिमा बंैकको देशका सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया