आइतबार, माघ ४, २०८२

जीवन बीमक सङ्घद्वारा सहयोग

मेरोन्यूज २०७९ साउन २३ गते १७:१२

काठमाडौँ । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार दुई संस्था काठमाडौँ इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई ४० लाख रुपैयाँ र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा काठमाडौंको रवि भवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी आर्थीक हिसाबले कमजोर विधार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ । त्यसैगरी, काठमाडौँ इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा हो । संस्थागत समजिक उत्तरदायित्व अन्तर्गत सबै कम्पनीले यस्ता कार्य गर्न पर्ने बताए ।

प्रतिक्रिया