आइतबार, माघ ११, २०८२

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

मेरोन्यूज २०७९ साउन २३ गते १७:२४

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान डेढ एक किलो लागु औषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई चरेससहित पक्राउ गरेको हो ।

बझाङ घर भएका उनी लागु औषध कारोबारमा संलग्न रहेको सूचना पाएसँगै प्रहरीले उनकै निगरानीमा खटिएको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डेढ किलो चरेशसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया