शनिबार, फागुन ३०, २०८२

नमस्ते पेमा लोयल्टी पोयन्टस् प्रणाली सुरुवात

मेरोन्यूज २०७९ साउन २३ गते १७:३५

काठमाडौँ । नमस्ते पेले आफ्नो एप्समा लोयल्टी पोयन्टस् सुविधा ल्याएको छ । यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्तालाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने छ।

Advertisement
nepal life insurencenepal life insurence

नमस्ते पेको यस सुविधाबाट कुनै प्रयोगकर्ताले नमस्ते पे एप्स प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले सय रुपैयाँ खर्चमा गर्दा दुई रुपैयाँको पोयन्टस् पाउने छन् । सेवाहरूको प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले पोयन्टस् सङ्कलन गर्न सक्ने छन् । यसबाट उपलब्ध पोयन्टस्मा आकर्षक प्रस्तावहरू समावेश छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया