माधव नेपालकै चुनावी क्षेत्रमा पुगेर ओलीले भने : नेपाल प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले प्रधानमन्त्री हुँदा केही काम नगरेको आरोप लगाएका छन् । सोमबार रौतहट पुगेर ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले रौतहटको विकासमा कुनै काम नगरेको दाबी गरेका हुन् ।
‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो,’ रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तर, माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ।’
उनले आफू प्रधानमन्त्री हुँदा तराईको मेचीदेखि महाकालीसम्म विकासको काम गरेको दाबी गरे । ‘म प्रधानमन्त्री हुँदा तराईमा मेचीदेखि महाकालीसम्म विकास गरेँ, हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ,’ उनले भने ।
रौतहट नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको चुनावी क्षेत्र हो ।















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया