उद्योगमन्त्री नियुक्तिको जिम्मा दलका नेतालाई
काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।
माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धन दलभित्र उद्योग, पर्यटन मन्त्रालय माओवादीको भागमा परेकाले उसैले मन्त्री नियुक्तिका लागि नाम सिफारिस गरेर पठाउने छ ।
“माओवादी केन्द्रबाट विसं २०७८ माघ २३ गते कर्णाली प्रदेश सरकारको उद्योगमन्त्रीमा नियुक्त हुनुभएका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) लामाको छ महिनाको कार्यकाल आज सकिएको छ”, प्रमुख सचेतक शाहले भने, “उद्योगमन्त्रीको पद रिक्त भएपछि माओवादीले कसलाई मन्त्री बनाउने भन्ने छलफलका लागि आज दलको बैठक बसेको हो ।”
प्रमुख सचेतक शाहका अनुसार कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल अगाडि बढेको छ । उनले देखाएको सङ्केतअनुसार डोल्पा ‘ख’ क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरबहादुर शाहीलाई उद्योगमन्त्री बनाउने कोणबाट माओवादी केन्द्रले छलफल गरिरहेको छ ।
आज बसेको दलको बैठकमा विधेयकका विषयमा दलले धारणा बनाउने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिञ्जा सभ्यता संरक्षण तथा विकास र कर्णाली नवप्रवर्तन विधेयक अगाडि बढाउने, संशोधन हाल्ने विषयमा पनि छलफल भएको भन्दै त्यसमा माओवादी केन्द्रका साथै गठबन्धन दलभित्र साझा धारणा बनाएर जाने विषयमा पनि छलफल भएको उहाँले बताए ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया