अमेरिकाले युक्रेनलाई दियो थप अत्याधुनिक हतियार

न्युयोर्क,अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनका लागि थप सहयोगको घोषणा गरेको छ । पेन्टागनले युक्रेनका लागि १ अर्ब डलरको नयाँ सैन्य सहयोग घोषणा गरेको हो । पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइ समावेश छन् । यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
पछिल्ला समयमा रुसले आफ्नो सम्पूर्ण बल पश्चिमी युक्रेनमा केन्द्रित गरेको छ भने युक्रेनले रुसले कब्जा गरेको खेर्सन सहरलाई पुनः फिर्ता गर्ने दाउमा रणनीतिक युद्ध गरिरहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् । यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।
यसैबीच, २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् ।
रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले यस्तो दाबी गरेका हुन् ।
















पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया