आइतबार, चैत १, २०८२

नायब सुब्बाहरुको अर्थमन्त्रीलाई ‘एसएमएस’

मेरोन्यूज २०७९ साउन २४ गते ११:२४

काठमाडौं । सरकारले तलव वृद्धि गर्दा असमान ढंगले बृद्धि गरेको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिने उदेश्यले एसएमएस क्याम्पियन गरेका छन् । उनीहरुले अर्थमन्त्रीको मोवाइलमा एसएमएस पठाउँदै त्यस्तो क्यापियन गरेका हुन् । कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै उनीहरुले सामुहिक रुपमा नै अर्थमन्त्री शर्मालाई एसएमएस पठाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार । म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’

हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् ।उनीहरुले तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन माग गरेका छन् ।

प्रतिक्रिया