नर्भिक अस्पताल पुगे बालेन शाह, टहरा भत्काउन समय थप

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह नर्भिक अस्पताल पुगेका छन् । उनकै निर्देशनमा सोमबार सरकारी जग्गामा बनेको अस्पतालको टहरा भत्काउन २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
यस क्रममा अस्पतालका प्रतिनिधिले टहरा भत्काउनेबारे थप समय माग गरेका थिए । यस क्रममा अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न महानगर र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।
अस्पतालका प्रतिनिधिले समय माग गरेपछि मेयर शाहले महानगरको इञ्जिनियर आएर अध्ययन गर्न र दुई पक्षका प्रतिनिधि राखेर समिति गठन गर्ने भएको हो ।
यस्तै, मेयर शाहले अस्पतालले मन्त्रिपरिषद्बाट नै जग्गा भाडा लिएर नक्सा पास गरी भवन बनाए आफूले केही नगर्ने बताएका थिए । ‘क्याबिनेटबाटै जग्गा लिजमा लिनुहुन्छ भने हाम्रो कुरा भएन, तर अहिले यो जग्गा महानगरपालिकाको भएकाले महानगरले नै हेर्ने हो,’ उनले भने ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।
















महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया