आकर्षक फिचरसहित भिभो वाई १५ सी सार्वजनिक

काठमाडौँ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई १५ सीको लञ्चसँगै भिभोले युवाहरूलाई प्रचूर विशेषता भएको स्मार्टफोन र विभिन्न मूल्य दायरामा नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।
सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई १५ सी मा ६.५१ इञ्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवन शैलीसँग मिल्ने र दिनभरि चलिरहने शक्तिशाली ह्याण्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताको जीवन शैली अनुरूप डिजाइन गरिएको हो ।
‘युवा उपभोक्तालाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ, वाई शृङ्खलाका स्मार्टफोन ‘अन द गो’ मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो,’ भिभो नेपालका सीईओ माइकलले भने, ‘उत्कृष्ट पाँच हजार एमएएच ब्याट्रीले सुसज्जित, हालै लञ्च गरिएको वाई १५ सी सधैं अमूल्य साथी साबित हुनेछ ।’
यस फोनमा १३ एमपी एआई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप छ । जसबाट उच्च स्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । यसले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्दछ ।
वाई १५ सी दुई वटा आकर्षक रंगहरू मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । यसको र्याम र ३२ जीवी रोममा छ । नेपाली बजारमा यसका मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।














प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
प्रतिक्रिया