इसेवाको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर विजेता

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न भएको छ ।
गत वैशाख १ देखि श्रावण ४ गतेसम्म चलेको योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गरेको थियो । ‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔँ, रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न अफरमा १४ हप्तासम्म संसारका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन एक जनालाई र योजना अवधि भर ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रुपैयाँ व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् । उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएका थिए ।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना– रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुशी छौँ, रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन ।’
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु सेवा दिँदै आएको छ । इसेवाले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।













चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
प्रतिक्रिया