इसेवाको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर विजेता

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न भएको छ ।
गत वैशाख १ देखि श्रावण ४ गतेसम्म चलेको योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गरेको थियो । ‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔँ, रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न अफरमा १४ हप्तासम्म संसारका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन एक जनालाई र योजना अवधि भर ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रुपैयाँ व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् । उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएका थिए ।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना– रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुशी छौँ, रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन ।’
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु सेवा दिँदै आएको छ । इसेवाले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया