चुनावमा गठबन्धन गर्ने कुरा अराजनीतिक हो : महासचिव पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघ र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक भएको बताएका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने बताउँदै उनले यस्तो बताएका हुन् ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने दाबी गरे । उनले सत्ता गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए ।
‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ?, कहिलेकाँही जनताले दिएको म्याण्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ’ उनले भने, ‘चुनावमा गठबन्धन गर्ने भनेको अराजनीतिक कुरा हो, एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो, यो कुराप्रति एमाले सहमत छैन, आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन ।’
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया