शनिबार, फागुन २, २०८२

अवैध लागु औषध गाँजासहित पक्राउ

मेरोन्यूज २०७९ साउन २४ गते १९:३८

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट १० किलो अवैध लागु औषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका ३ बस्ने २० वर्षीय तेज तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

धादिङबाट काठमाडौँ आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तामाङले झोलामा लुकाई ल्याएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जनाइएको छ । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया