वैजापुर गाउँमा प्रसूति सेवा
मेरोन्यूज
२०७९ साउन २५ गते ११:२५

बाँके । जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ ।
गाउँमै प्रसूति सेवा सञ्चालनमा आएपछि सामान्य अवस्थाको प्रसूतिका लागि नेपालगञ्ज धाउनुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य भएको छ । साविकको ४६ गाविस रहेको बाँकेको अहिले आठ स्थानीय तह छ । छ गाँउपालिका र दुई नगरपालिका छन् । सो स्थानमा सेवा सञ्चालन गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए। रासस
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया